चिसोबाट जोगिन मौसम पूर्वानुमान महाशाखाको आग्रह

छहारी संवाददाता
पुस १९, २०७८

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अहिले देशभर मौसम सामान्यतया सफा रहेको र काठमाडौं उपत्यका र तराईका भूभागमा हुस्सु–कुहिरो लागेको छ। आज दिउँसो र राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको, हेल्थ पाटी डटकमले लेखेको छ ।

केही दिनसम्म बिहानीपख उपत्यका तथा तराईका भू–भागमा हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन र सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाहाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तामक्रम २।४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९।१ डिग्री सेल्सियस रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*