मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
सप्तरीमा आज आइतवार दिउँसाे भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर ४ मा को २२ प १५५८ र को २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का शुभास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ भिमा टोलका शंकर चौधरी रहेका छन् ।
दुर्घटनामा बस्नेतको श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् । त्यस्तै चौधरीको मोटरसाइकलमा रहेका सप्तकोशी नगरपालिका वडा नम्बर ९ का रोहित चौधरी घाइते भएका छन् ।







