डेल्टा र ओमीक्रन भेरियन्टसहित अमेरिकामा कोरोना संक्रमण व्यापक

ओमीक्रोन संक्रमण वयस्क भन्दा बालबालिकामा धेरै
छहारी संवाददाता
पुस १८, २०७८

डेल्टा र ओमीक्रन भेरियन्टसहित अमेरिकामा कोरोना संक्रमण व्यापक छ। धेरै संख्यामा बालबालिकाहरु संक्रमित भएको खबर आएका छन् । एक हप्तामा मात्रै अमेरिकामा २ लाख बालबालिकामा कोरोना संक्रमण भएको पाइएको छ ।

त्यहाँको बाल रोग एकेडेमीलाई उद्धृत गर्दै एएफपीले दिएको खबर अनुसार २३ डिसेम्बर देखि ३० डिसेम्बरसम्म अमेरिकामा १ लाख ९९ हजार भन्दा बढी बालबालिकामा कोरोना संक्रमण देखियो । महिनाको सुरुवात भन्दा यो ५० प्रतिशतले बढी भएको बाल रोग एकेडेमीले भनेको छ, हेल्थ पाटी डटकमले लेखेको छ ।

वयस्कको तुलनामा बालबालिकामा ओमीक्रोन संक्रमण धेरै देखिएको चिकित्सकहरुले बताएका छन् । टेक्सास बाल अस्तालका इम्युनोलोजिस्ट जिम वार्सालोभिक अनुसार ओमीक्रोनले बालबालिकालाई बढी आक्रमण गरिरहेको छ । ओमीक्रोन देखिएका बालबालिका गम्भीर बिरामी भने नभएको उनले भनेका छन् ।

न्यूयार्क नर्थवेल अस्पतालका बालरोग विशेषज्ञ हेनरी बर्नस्टीन खोप नलगाएका कारण नै बालबालिका ओमीक्रोनले धेरै आक्रमण गरेको बताउँछन् ।

बालबालिकालाई पनि जतिसक्यो छिटो खोपको व्यवस्था गर्नुपर्ने बर्नस्टीनको भनाइ छ । अमेरिकामा १२ वर्ष माथिका अधिकांश बालबालिकाले खोप लगाइसकेका छन् । ५ वर्षमाथिका लाई खोप लगाउन अनुमति छ । हेल्थ पाटी डटकमले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*