सिमखोला नजिकै सुमो दुर्घटना हुँदा ३ जना घाईते
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका –२ सिमखोला नजिकै टाटा सुमो दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ जान लागेको प्रदेश नम्बर २–०३–००१ ज, ०१३० नम्बरको सुमो ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा सुमोमा सवार दुई महिला र एक जना पुरुष घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







