सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बृद्धि
साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य ६ सय रुपैयाँले बृद्धि भएको छ ।
आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार सात रुपैयाँका कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुनको मुल्य तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि मल्य बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







