कोइला बालेर सुत्दा एकै परिवारका ४ जनाको मृत्यु
चिसोबाट बच्न राति कोइला बालेर सुत्दा नेपालगन्जमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । नेपालगन्जस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको कार्यालयमा सहयोगीको काम गर्दै आउनुभएका धन प्रसाद भट्टराईसहित उहाँको परिवारका ४ जनाको गएराति मृत्यु भएको हेल्थपाटीले लेखेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काका अनुसार कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई ३ वर्षदेखि स्वास्थ्य निर्देशनालयको मेडिकल स्टोरमा काम गर्दै आउनुभएको थियो ।
मृत्यु हुनेका धनप्रसादसहित धनप्रसादकी आमा ६० वर्षीया कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महिनाको छोरा छन् । उहाँकी श्रीमती, ५ वर्षीय छोरा र २२ वर्षका भाइको भेरी अस्पतालमा उपचार भइरहेको छ ।







