लागुऔषध गाँजा ओसारपसारमा संलग्न ३ जना पक्राउ

छहारी संवाददाता
पुस १३, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा ओसारपसारमा संलग्न अटोसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अटोमा लोड गरी ल्याएको ६९ किलो ५०० ग्राम गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । हेटौंडा १ मा रहेको पालुङ बसपार्कमा रोकिराखेको ना १ ह ७६३८ नंम्बरको अटो चेकजाँज गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौंडा ७ बस्ने ३४ वर्षका सिताराम मोक्तान, लागुऔषध गाँजा ओसारपसारमा संलग्न कैलाश १ का ३३ वर्षका अमर बहादुर गिरि र सोही ठाउँका २६ वर्षका ईन्द्र बहादुर मोक्तान रहेका छन् ।

उनिहरुले काउली, स्कुस लगायतको तरकारीको बोरामा १० वटा पोका बनाई गाँजा ल्याएको खुलेको छ । उनिहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*