सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

छहारी संवाददाता
पुस ११, २०७८

सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्को एक जना घाइते भएका छन् । शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ ।

यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर(मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा ए कजना महिलाको मृत्यु भभएको छ । मृत्यु हुनेमा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुन छन् ।

बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी उनको प्रादेशिक अस्पाताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिइएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*