कैलाशका रुम्बा परिवारलाई नगद रकमसहित खाद्यान्न सहयोग
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ९ बस्ने माइलाकाजी रुम्बाको परिवारलाई नगद रकमसहित खाद्यान्न सहयोग गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका रुम्बा परिवारलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस जनजाति महासंघ भीमफेदीका सभापति गोपी बलले संयुक्त रुपमा नगद रकम र खाद्यान्न सहयोग गर्नु भएको हो ।
रुम्बा परिवारलाई चामल ५ बोरा, चिउरा १ बोरा, तेल १ काटुनसहित नगद २५ हजार रुपैयाँ सहयोग गरेको कांग्रेस जनजाति भीमफेदीका सभापति बलले जानकारी दिनुभयो ।







