शेयर बजार परिसूचक नेप्से बुधबार उच्च अङ्कले बृद्धि

छहारी संवाददाता
पुस ७, २०७८

शेयर बजार परिसूचक नेप्से आज बुधबार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ८ दशमलव २३ प्रतिशतले बढेको छ । जलविद्युत् ६ दशमलव ०३ प्रतिशत, विकास बैंक उपसमूहको ५ दशमलव ५१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ उपसमूह २ दशमलव २२ प्रतिशत, र्निजीवन बीमा ४ दशमलव ७६ प्रतिशत, लगानी उपसमूह ५ दशमलव १९ प्रतिशतले बढेको छ ।

आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लाे तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*