स्वदेशमै युवालाई रोजगारी दिने खालका उद्योग तथा कृषि कार्य गर्न मल्लको सुझाव

छहारी संवाददाता
पुस ७, २०७८

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले स्वदेशमै युवालाई रोजगारी दिने खालका उद्योग तथा कृषि कार्य गर्न सुझाव दिनुभएको छ ।

बुधबार चेम्बर्स अफ कमर्श मकवानपुर शाखाले आयोजना गरेको ब्यवसायी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मल्लले नेपालको आर्थिक अवस्था उच्च बनाउन स्थानीय कच्चा पदार्थको उच्चतम प्रयोग गरेर उद्योग स्थापना गरी आम्दानी बढाउने कार्यमा लाग्न सुझाव दिनुभएको हो ।

अध्यक्ष मल्लले हाल देशभरमा संस्थाको ७० वटा शाखा गठन भईसकेको र उक्त शाखालाई थप बलियो बनाउन समूह समूह बनाएर थप काम गर्न र रोजगारी दिलाउन सुझाउनुभयो । मकवानपुर चेम्बर अफ कमर्शको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा भएको ब्यवसायी भेटघाट कार्यक्रम जिल्ला अध्यक्ष बिजयकुमार श्रेष्ठको सभाध्यक्षता बसेको थियो ।

कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा वाणिज्य सभापति निरज राई, बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठ, चेम्बर अफ कमर्श प्रदेश २ का उपाध्यक्ष सीता के।सीले नेपाल सरकारले ब्यवसायीलाई मित्रवत् ब्यवहार गर्न आग्रह गरेका थिए ।

भेलाले आगामी जिल्ला अधिवेशनका लागि आवश्यक तयारी भईरहेको महासचिव रबिन्द्र घिमिरेले जानकारी गराउनुभयो ।आगामी साधारण सभामा मकवानपुरका अधिकांश ब्यापारीलाई आमन्त्रण गरिने उपाध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*