मनहरीबाट गाँजासहित एक जना पक्राउ
मकवानपुर प्रहरीले मनहरीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका ९ का १९ वर्षीय कृष्णकुमार सुनुवार १० किलो १ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।
मनहरी ९ स्थित पुर्वपश्चिम लोकमार्गमा हिडिरहेका सुनुवारलाई शंका लागि खानतलासी गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







