बागमती प्रदेश सभा बैठक आज बस्दै

छहारी संवाददाता
पुस ७, २०७८

बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ ।

बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

मुख्यमन्त्री पाण्डेले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । अझै तीन मन्त्री र केही राज्य मन्त्री नियुक्त हुन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*