रोटरी क्लब अफ हेटौंडाद्वारा २७ वर्षदेखि निरन्तर आँखा शिविर सञ्चालन

छहारी संवाददाता
पुस ६, २०७८

रोटरी क्लब अफ हेटौंडाले बिगत २७ वर्ष देखि निरन्तर आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

२०५१ साल देखि हालसम्म हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो । हरेक वर्ष रोटरी क्लबमा नयाँ कार्यसमिति चयन हुने गरेको र शेवाका भावले धेरै प्रकारका सहयोग गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

बिना स्वार्थ डोनेसन बिना रोटरीयनहरु मिलेर हरेक वर्ष सेवाका भावले कार्यक्रमहरु गर्ने गरिएको मेयर महतको भनाई छ । हरेक वर्षको नियमित बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको शीविर शनिवार सम्पन्न गरेर हेटौंडा सामुदायिक आँखा अस्पतालमा मोतिया विन्दुभएकाहरुको अप्रेसन गर्ने काम भइरहेको छ ।

यसपटक मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण भएको र, एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू शल्यकृयाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइएको शिविर संयोजक अर्जुन सुवेदीले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म बिरामीहरूको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने काम अनुसार धेरैको शल्यक्रिया समेत भइसकेको छ ।

बिरामीलाई शिविरस्थल देखि अस्पताल ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पुर्याउने सबै ब्यवस्थापन रोटरी क्लबले गरेको सुबेदीले बताउनुभयो । रौतहटमा गरिएको शिबिरमा रोटरीयन दुर्गाबहादुर बिष्ठले संयोजन गर्नु भएको थियो ।

शिबिरका लागि अस्ट्रेलियाका डेवीट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको क्लबका पूर्व अध्यक्ष धिरज कार्कीले बताउनुभयो । क्लबले रोट्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा पौष २ गते, रौतहटको बृन्दावन १ र पौष ३ गते मकवनपुरको मकरी र, हाँडिखोलामा निःशुल्क आँखा शीविर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*