सुनको मूल्य तोलाको ८ सय रुयैया घट्यो

छहारी संवाददाता
पुस ६, २०७८

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।

मंगलबार तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*