जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पनि ई–पासपोर्ट सेवा सुरु

छहारी संवाददाता
पुस ५, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गरेको छ ।

सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबारबाटै ई–पासपोर्ट सेवा सुरु गरिएको जानकारी दिनुभएको हो । तत्काल १५ जनाको कोटा तोकेर ई–पासपोर्टको लागि प्रत्यक्ष दर्ता गर्ने कार्य आरम्भ गरिएको छ । राहदानी विभागले भने मंसिर १ गतेबाट विद्युतीय राहदानी सेवा सुरु गरेको थियो ।

ई–पासपोर्ट बनाउन प्रत्यक्ष दर्ता गर्न आवश्यक रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । राहदानी बनाउन इच्छुक नागरिकले अनलाइनबाट फारम भरेर समय लिई प्रशासन कार्यालयमा फोटो खिच्न जानुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*