हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माणको शिलान्यास

छहारी संवाददाता
पुस ५, २०७८

हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माणको काम सुरु भएको छ ।

सि आशा फाउन्डेशनद्वारा संचालित आशा बिशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको भवन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो । अध्यापनका लागि विद्यालय भवन भएपनि आवास गृह नभएकाले यसको निर्माणका लागि काम सुरु गरिएको हो ।

यस विद्यालयमा मकवानपुरमा अपाङ्गता भएका बालबालिाहरु अध्ययनरत रहेका छन् । शारिरीक तथा बौद्धिक विकलाङग भएका विद्यार्थी तथा बालबालिकाहरुको बासस्थानको लागि आवास गृह निर्माण सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर महतले अपाङ्गता भएकाहरुलाई बस्नको लागि यो भवन निर्माण उपयोगि बन्न सक्ने बताउनुभयो । अपाङ्गता भएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनपनि सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*