भुतपुर्व सैनिक श्रीमती संघको सामुदायिक भवनको शिलान्यास

छहारी संवाददाता
पुस ५, २०७८

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक श्रीमती संघको सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ रुद्रेश्वर परिषद्मा निर्माण सुरु भएको भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर महतले सामुदायिक भवन निर्माणका लागि अहिले पनि सहयोग गरिएको र अब पनि गर्ने बताउनुभयो । ४० लाख रुपैयाँ लागतमा दुइ तले भवन निर्माण गर्न लागिएको हो ।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक श्रीमती संघ मकवानपुरका अध्यक्ष डोल्मा स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा २८ बाहिनीपति हिक्मत बहादुर बिष्ठ, पुरानो गोरखगढका गणपति गुणराज अधिकारी, हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*