हेटौडाकी रश्मि बस्नेत नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

छहारी संवाददाता
पुस ४, २०७८

हेटौंडा लेडि जेसिज वर्ष २०१२ कि शाखा अध्यक्ष रश्मि बस्नेत नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेपाल जेसीजको ४८ औं महाधिवेशनबाट बस्नेत पाँचौं सर्वाधिक मत ल्याएर विजयी हुनुभएको हो । पोखरा जेसीजको आतिथ्यमा भएको महाधिवेशनमा उपाध्यक्ष पदका लागि बस्नेतको एक मात्र महिला उम्मेदवारी परेको हो । १२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको थियो ।

मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०२१ को प्रमुख सल्लाहकार रहनुभएको थियो । नेपाल जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*