नक्कली नेपाली नाेटसहित दुई भारतीय नागरिक पक्राउ

छहारी संवाददाता
पुस ४, २०७८

सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको सीतामढी थाना सोनवर्षा ग्राम वडा नम्बर  ६  का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर-१ का ४८ वर्षीय प्रमोदकुमारलाई  नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो । उनीहरु दुबैलाई  सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा  नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीले भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेको  बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेकाे हाे । उनीहरूले मोटरसाइकलको डिक्की र सिट मुनि  लुकाएर  एक हजार दरका एक सय १५ वटा नक्कली नेपाली नोट ल्याउँदै गरेका थिए ।

प्रहरीले उनीहरुको  साथबाट थप ४७ लाख पाँच सय १०  भारतीय रुपियाँ समेत बरामद गरेको छ । भारती रुपैयाँ सक्कली भए पनि त्यसको थप अनुसन्धानको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*