नेपाल ज्योतिष परिषद मकवानपुरको भवन शिलान्यास
नेपाल ज्योतिष परिषद मकवानपुरको भवन शिलान्यास गरिएको छ ।
हेटौंडा–५ रुद्रेश्वरमा निर्माण हुन लागेको ज्योतिष परिषदको भवन हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभएको हो । मेयर महतले भवन निर्माणका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बचन दनुभएको छ ।
कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनका लागि उपमहानगपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । यस भवनमा हल, नबग्रह मन्दिर समेत निर्माण गर्ने लक्ष राखिएको छ ।
नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष हरि प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, परिषदका उपाध्यक्ष मातृका नेपाल लगायतकाको आतिथ्यता रहेको थियो ।







