‘ए’ डिभिजन लिग : आजदेखि पाँचौँ चरणको खेल सुरु

छहारी संवाददाता
पुस २, २०७८

सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् । सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । लिगमा आर्मी अपराजित रहेको छ ।

आज हुने दोस्रो खेलमा सङ्कटा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् । सङ्कटा र मच्छिन्द्रबीचको खेल बेलुका पौने पाँच  बजे सुरु हुनेछ । सङ्कटा चार खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । मच्छिन्द्र १० अङ्कका साथ शीर्ष स्थानमा छ । लिगमा मच्छिन्द्र अपराजित रहेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*