आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावनाः मौसमविभाग

छहारी संवाददाता
पुस २, २०७८

आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने  यो प्रणालीको असर खासै नदेखिने मौसमविद्ले बताएका छन्  ।

यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि पनि कर्णाली र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी  पर्ने अनुमान गरिएको छ । भोलि बेलुकादेखि भने यो प्रणालीको  प्रभाव हट्ने मौसमविद्ले बताएका छन् । यस्तै,  काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसाे घाम लाग्ने मौसमविद्ले बताएका छन्  । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*