चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सांस्कृति र्यालीसहित झण्डा दिवस मनाइएको हो । राष्ट्रिय पोशाक संरक्षणका अभियन्ता राजानन्द माण्डव्यको परिकल्पानमा वि।सं।२०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो ।
विश्वव्यापी रुपमा अलग पहिचान बोकेको झण्डाको सम्मानका लागि दिवस मनाउन सुरु गरिएको उनको भनाइ छ । पछिल्लो समय झण्डाको बढ्दो दुरुपयोगको अन्त्य गरी राष्ट्रध्वजको अपमान रोक्नका लागि झण्डा दिवसले अहम भूमिका निर्वाह गरेको माण्डव्यले जानकारी दिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका माण्डव्यले झण्डाको महत्व र गरिमा बुझाउन यो अभियानले सहयोग गरेको बताए ।
राष्ट्रिय झण्डा दिवस काठमाडौंसहित हटौंडा, चितवन र बटुबलमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
उक्त कार्यक्रममा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, गव्यसिद्ध डा नरेन्द्र हमाल, विश्व हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष ऋषीकेश जंग शाह लगायतले झण्डाको गरिमा बारे चर्चा गर्नु भयो।
साथै, पारस मरासैनीको संयोजकत्वमा बटुवालको पहिलो पाइला शाखाले राष्ट्रिय झण्डा दिवस मनाएको छ । यस्तै, हटौंडामा रामप्रसाद पण्डितको संयोजकत्वमा झण्डा दिवस मनाइएको माण्डव्यले बताए । यसैगरी, चिवतनको चौकोठीमा हेल्थ फर ह्यापीनेश संस्थाका अध्यक्ष नविन तिवारीको संयोजकत्वमा झण्डात्तोलन गरिएको छ । भरतपुर महानगरपालिका मयेर रेणु दाहालले झण्डात्तोलन गरेकी छन् ।
सन् १९६२ डिसेस्बर १६ तारिखका दिन अर्थात् वि।सं।२०१९ पुस १ गतेका दिन संयुक्त राष्ट्र संघमा नेपालको हालको राष्ट्रिय झण्डालाई अंगिकरण गरेको सुखद दिनको सम्झनामा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको उनको भनाइ छ ।







