बिहिबार सुन चाँदीको मुल्य बृद्धि
बिहिबार सुन चाँदीको मुल्य बढेको छ ।
सुनको मुल्य आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







