आगलागीमा परी एकै घरका २ बालिकासहित ३ जनाको मृत्यु
सर्लाहीमा आगलागीमा परी एकै घरका २ बालिकासहित ३ जनाको मृत्यु भएको छ ।
गएराति विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छिन् ।
यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । गएराति आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।







