चौथाे नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेदेखि

छहारी संवाददाता
मंसिर २९, २०७८

ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथाे नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ब्रिङ बेस्ट ब्रेन मुख्य थिमसहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ ।

दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रुपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत भर्चुअल सहभागिता रहनेछ ।

सम्मेलनमा विभिन्न समूहमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । सम्मेलनमा सहभागीहरूमध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिशनको लागि छनौट गरिनेछ । सम्मेलनले कृषि, वन, पशुपन्क्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेशन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणीय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू  समेट्ने छ ।

कार्यक्रममा सहभागिताको लागि ०१–४४२३७३६ मा फोन गरेर वा brainycube.org@gmail.com मा मेल गरेर थप जानकारी लिइ आफ्नो नाम दर्ता गराउन सकिन्छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*