एक दिनको अन्तरमा एक केजीभन्दा बढी सुनसहित त्रिभुवन विमानस्थलबाट ३ जना भारतीय पक्राउ

छहारी संवाददाता
मंसिर २६, २०७८

नेपालको बाटो भएर सुन तस्करी गर्न खोज्ने दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थलका अनुसार मंसिर २३ गते नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट काठमाडौँ ओर्लिएका भारतीय नागरिक सथम हुसेन सेगु अबुब्याकर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ९०५ ग्राम सुनसहित पक्राउ परेका थिए।

सुनलाई पगालेर ‘ट्याब्लेट’को स्वरुपमा मलद्वारमा लुकाएर उनले सुन ल्याएका थिए। उनीसँगै आएका कादर इब्राहिमलाई पनि प्रहरीले पक्राउ गरेको थियो। भदौ २४ गते काठमाडौँबाट सिमरा जान लागेका भारतीय नागरिक सिरज मदापत बापुत्ती पनि ३५० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका थिए। उनी गुण एयरमार्फत सिमरा जान लागेका थिए।

प्रहरीका अनुसार सोही दिनमात्र उनी जजिरा एयरलाइन्समार्फत दुबईबाट कुवेत हुँदै नेपाल आइपुगेका थिए। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*