सुनको मुल्य आइतबार तोलाको ३ सय रुपैयाँले बृद्धि
सुनको मुल्य साताको पहिलो दिन आइतबार फेरि बढेको छ ।
सुनको मुल्य आइतबार तोलाको ३ सय रुपैयाँले बृद्धि भई तोलामा ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







