साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।
साताको अन्तिमदिन अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।







