गाडीको ठक्करबाट स्कुटर चालक सापकोटाको मृत्यु

छहारी संवाददाता
मंसिर १९, २०७८

काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् । बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर हाल काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा स्कुटर पछाडि बस्ने सोही स्थानका २२ वर्षका आशिष हुमागाईँ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*