भिरबाट लडेर एक जनाको मृत्यु

छहारी संवाददाता
मंसिर १२, २०७८

दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।

भिरबाट लडेर तुलसीपुर-९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएकाे हाे । घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँकाे ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएकाे छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*