साताको पहिलो दिन आइतबार सुन तोलामा दुई सय रुपैयाँले बृद्धि

छहारी संवाददाता
मंसिर १२, २०७८

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*