हेटौंडा लेडी जेसीज सप्ताह अन्तर्गत चौंथो दिन आज जेसीज गाउँ घोषणा र उद्घोषण तालिम समपन्न

छहारी संवाददाता
मंसिर ११, २०७८

जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत चौंथो दिन आज जेसीज गाउँ घोषणा र उद्घोषण तालिमको आयोजना गरिएको छ ।

सप्ताहको चौंथो दिनको पहिलो कार्यक्रम अन्तर्गत हेटौडा उपमहानगरपालिका १ बाँजो डाँडालाई जेसीआई हेटौंडा लेडीद्धारा “संरक्षित जेसीज गाउँ घोषणा” गरिएको हो । बाँजोडाडामा निम्न आयस्तर भएका ३१ घरधुरी रहेका छन् ।

संरक्षित गाउँ बाँजोडाडाका ३१ परिवारलाईलाई आगामी सात वर्षसम्म गाँस, बास, शिक्षा, स्वास्थ्य , रोजगारी लगायतका क्षेत्रमा सहयोग पुराउने जेसीआई हेटौडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । गाउँगाउँमा जेसीज अभियान अन्तर्गत यो अभियान थालिएको श्रेष्ठले बताउनुभयो ।

निकट भविष्यमा १ नम्बर वडामानै जेसीआई हेटौंडा लेडीको भवन निमार्ण हुने श्रेष्ठले बताउनुभयो । हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यता तथा जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा वडा नम्बर १का वडाअध्यक्ष सविन न्यौपाने, जेसीज गाउँ राष्ट्रिय संयोजक एवं जेसीआई हेटौंडा लेडीकी पूर्व अध्यक्ष जेसी रश्मी बस्नेत, निवर्तमान अध्यक्ष शुशीला पौडेल, जनप्रतिनिधि सोनाम सिं ब्लोन लगायतको उपस्थिति रहेको थियो ।

जेसीज गाउँ घोषणाकार्यक्रम जेसी सुनिता राई बस्नेतको संयोजनमा भएको हो । उक्त अवसरमा संरक्षित बाजोडाँडाका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । त्यस्तै जेसीज सप्ताहको चौंथो दिनको दोस्रो कार्यक्रम अन्तर्गत हेटौडा लेडीको आयोजनामा एकदिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । जेसीआई सिनेटर दिपकराज मिश्रले प्रशिक्षण दिनुभएको तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*