सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

छहारी संवाददाता
११ मंसिर २०७८, शनिबार १०:१२

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे ‍सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच खेल हुनेछ । च्यासल पहिलो खेलमा ‘थ्री’ स्टारसँग पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइजसँग हारेको थियो ।

यस्तै मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालयन शेर्पाले सङ्कटासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*