गणपति थापाद्धारा मानव सेवा आश्रमलाई सहयोग

छहारी संवाददाता
मंसिर १०, २०७८

सुपारीटारमा रहेको पुरानो गोरखनाथ गणका गणपति राजेश थापाले मानव सेवा आश्रम हेटौंडालाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ ।
गणपति थापाले आश्रमलाई रु तीस हजार बराबरको खाद्य सामग्री सहयोग गर्नुभएको हो । मानवसेवा आश्रमको सेवा सहजता प्रदानको लागि गणपति थापाले ग्यास सिलिण्डर सहित चामल, तरकारी सहयोग गर्नुभएको मानव सेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

थापाले ग्यास सहितको सिलिन्डर १० थान, ७ बोरा चामल, १ क्विन्टल तरकारी सहयोग गर्नुभएको हो । मानवसेवा आश्रम हेटौंडामा अहिले २ सय जना आश्रितहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*