हेटौंडा लेडी जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन शुक्रबार खाद्यान्न वितरण

छहारी संवाददाता
मंसिर १०, २०७८

जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत तेस्रो दिन आज खाद्यान्न वितरण गरिएको छ ।

हेटौंडा १५ दमारटोलमा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण गरिएको हो । जेसीआई हेटौंडा लेडीकी पूर्व अध्यक्ष रश्मी बस्नेतको सौजन्यमा खाद्यान्न वितरण गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । रु १५ हजार बराबरको आलु, प्याज, दाल, चिनि, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको हो ।

दिव्य सेवा निकेतनका टि.आर निरौलाको प्रमुख आतिथ्यता तथा जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । खाद्यान्न वितरण कार्यक्रको संयोजन जेसी पुष्पा के.सीले गर्नुभएको हो ।

यसैगरी, जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन आज नै हेटौंडा ९ पाञ्चायन मन्दिरमा घरेलु सेनिटरी प्याड बनाउने तालिमको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सिता अधिकारीको प्रमुख उपस्थितिमा प्याड बनाउने सामग्री प्रशिक्षक शोभा श्रेष्ठलाई हस्तान्तरण गर्दै तालिमको शुभारम्भ गरिएको हो ।

दुईदिनसम्म चल्ने तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । स्वस्थ र सुरक्षित महिनावारी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजक जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*