मनहरीमा ५ दिने बङ्गुर पालन तालिमको समापन

छहारी संवाददाता
९ मंसिर २०७८, बिहीबार १७:४५

नारी सिप श्रीजना केन्द्र नेपाल र AWO International को साझेदारीमा सन्चालित मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबर्द्दन पारीयोजना अन्तर्गत मनहरीमा ५ दिने बङ्गुर पालन तालिमको बिहीवार समापन गरिएको छ ।

संस्थाले राक्सिराङ गाउपालिका वडा नम्बर ३ का बिपन्न समुदायका १७ जना महिला तथा पुरुषहरुलाई बङ्गुर पलन तालिम दिएको हो । परम्परागरत ढङ्गबाट बङ्गुर पालन गर्दै आईरहेको तर उन्नत जातका बङ्गुर चिन्न नसकेको र पालेपनी व्यवसायिक रुपमा पालन नगरेकाहरुलाई समेटेर संस्थाले तालिम सन्चालन गरेको हो ।

संस्थाले राक्सिराङ गाउपालिकामा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानगमन प्रबर्द्दन पारीयोजना अन्तर्गत बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ। स्थानिय युवाहरुलाई गाउमै द्यमी बनाउने र बिदेसिनबाट रोक्नु यस तालिमको उद्देश्य रहेको संस्थाका कार्यबाहक अध्यक्ष कल्पना विश्वकर्माले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा सहभागी भई तालिम लिएकाहरुलाई छिट्टैनै उन्नत जातका बङ्गुरका पाठा पाठी बितरण गर्ने उहाँले बताउनुभयो । राज्यको ध्यान नपुगेको ठाउमा ध्यान पुर्याउने र राज्यसङ्गै सहकार्य गरेर संंस्था अगाडि बढ्ने उहाले बताउनुभयो । ईछ्या शक्ती लगाएर तालिममा सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन उहाँले शुभकामना समेत दिनुभयो ।

तालिममा सहभागीहरुले परम्परागत ढङ्गले पाल्दै आएको भन्दा तालिम सिकेर आगामी दिनमा पाठा पाठी छनौट गर्दा ध्यान दिने देखी दाना पानी व्यवस्थापन र खोरको सम्रचनाको प्राविधिक पाटोका बारेमा राम्रो सङ्ग जानकारी पाएको र सिकाएको कुरा पूर्ण रुपमा लागु गर्न नसकेपनी भोलिका दिनमा नजानेका कुरा प्रशिक्षक सङ्ग सहजिकरण गरेर अगाडि बढ्ने बताएका छन् ।

यसअघी पनि संस्थाले राक्सिराङका बिभिन्न स्थानहरुमा उन्नत जातका बाख्राका पाठा पाठी एबम बेमौसमी तरकारी खेतीका एबम थोपा सिन्चाईका लागि आवश्यक पर्ने सामग्रीहरु बितरण गर्दै आएको छ।

समापन कार्यक्रममा नारीसिप श्रीजना केन्द्र नेपाल कार्यबाहाक अध्यक्ष कल्पना विश्वकर्मा त्यस्तै संस्थाका कार्यकारी निर्देशक चिरन्जिबी पौडेल, कार्यक्रम संयोजक ज्योति बम्जन, फिल्ड कोडिनेटर गीता अर्यालको उपस्थिती रहेको थियो । बङुर पालन तालिम सहजिकरण डा. आभास कोईरालाले तालिमको सहजिकरण गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*