बारामा नालामा डुबेर २ वर्षिय बालकको मृत्यु
छहारी संवाददाता
मंसिर ७, २०७८
बारामा नालामा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा बस्ने २ वर्षिय मनिष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
आज बिहान मनिष खेल्ने क्रममा हराएपछि खोज्दै जाँदा आफ्नै घर अगाडीको नालामा डुबेको अवस्थामा फेला परेका हुन् ।







