हसिया प्रहारबाट बारामा एक जना घाईते
छहारी संवाददाता
मंसिर ७, २०७८
हसियाले टाउकोमा प्रहार गर्दा बारामा एक जना घाईते भएका छन् । घाईते हुनेमा निजगढ नगरपालिका–११ रतनपुर बस्ने ६५ वर्षिय गंभिरा राउत रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
आज दिउँसो तपुभुमी सामुदायिक वनमा घाँस काट्ने क्रममा २२ वर्षिय अनिल थिङले राउतको टाउकोमा हसियाले प्रहार गरेका हुन् । प्रहारबाट गम्भिर घाईते भएका राउतलाई उपचारको लागी सिमरा एयरपोटबाट काठमाण्डौ पठाईएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
हसिया प्रहार गर्ने थिङ फरार भएकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।







