बारामा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

छहारी संवाददाता
७ मंसिर २०७८, मंगलवार १०:२७

बारा । जितपुर सिमरा उपमहानगरपालिका–७ गढीमाई मन्दिर अगाडी मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१ छपकैया घर भई त्रिबेणी बोरा फ्याक्ट्रीमा कार्यरत ४० वर्षिय बिपिन कर्ण रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

आज बिहान बिरगंजबाट जितपुर तर्फ जाँदै गरेका कर्णलाई विपरित दिशाबाट आउँदै गरेको ना.६३.प.४११ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनलाई उपचारको लागी नारायणी अस्पताल, बिरगंज लैजाँदै गर्दा बाटो मै ज्यान गएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकलका चालक वीरगंज–३२ परसवा बस्ने २० वर्षिय कनैया चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*