बारामा मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा २ जनाको मृत्यु

छहारी संवाददाता
कार्तिक २८, २०७८

बाराको कोल्हबी नगरपालिका–१ बटौलिया चौकमा मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा २ जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा सोही स्थान बस्ने २० वर्षिय सागर चौधरी र १९ वर्षिय सुशिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । यस्तै, घाईते हुनेमा कोल्हबी–९ श्रीपुर बस्ने २० को अशोक चौधरी घाईते भएका छन् ।

कोल्हबीबाट श्रीपुर तर्फ जाँदै गरेको ना.४२ प ८०२३ नम्बको मोटरसाईकल आफै अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोक्किन पुगेको थियो । दुर्घटनामा घाईते भएका तीनै जनालाई उपचारका लागि नारायणी अस्पताल, वीरगंजमा पठाईएको थियो । उनीहरुमध्ये सागर र सुशिलको उपचारका क्रममा गएराती नै मृत्यु भएको हो भने सोही अस्पतालमा अशोक उपचाररत छन् । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाईकल ईलाका प्रहरी कार्यालय, कोल्हबीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*