बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

छहारी संवाददाता
कार्तिक १७, २०७८

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो।

आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भयाे ।

बुटवल तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाको दमकलको सहायताले आगाे नियन्त्रणमा लिइएकाे हाे । साभरः साभरः उजयालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*