प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

छहारी संवाददाता
१७ कार्तिक २०७८, बुधबार १२:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्।

नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले जनाएको छ।

यता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भने राजीनामा नदिने बताउँदै आएका छन्। उनले सर्वोच्चकै न्यायाधीशहरको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावसमेत अस्वीकार गरेका छन्। उनले बैशाखपछि राजीनामा दिने आशय व्यक्त गर्दै आएका छन्। तर न्यायाधीशहरुले ९ दिनदेखि राणाको राजीनामा माग्दै इजलास बहिस्कार गर्दै आएका छन्। उनीहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नसमेत अस्वीकार गरेका छन्। साभरः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*