मकवानपुर प्रहरीद्वारा कैलाश गापामा १० बिगाह क्षेत्रफलको गाँजा खेती फडानी

छहारी संवाददाता
१६ कार्तिक २०७८, मंगलवार ०९:०३

प्रहरीले मकवानपुरको विकट गाउँपालिका क्षेत्रमा लगाइएको गाँजा फडानी गर्दै आएको छ ।

हरेक वर्ष प्रहरीले गाँजा फडानी गरेपनि स्थानीय वासिन्दाहरुले भने गाँजा लगाउन छोडेका छैनन् । मकवानपुरको कैलाश गाउँपालिकाको १० बिगाह क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

आइतबारबाट मंगलबारसम्म गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागू औषध नियन्त्रण ब्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गर्दै आएको छ ।

प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले आइतबारबाट कैलाश गाउँपालिका वडा नम्बर ७ को बासताल, कोथेलिटार, वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*