आज आयुर्वेदका प्रणेता धनवन्तरिको जन्मदिन

आज धनतेरस, दिपावलीको किनमेलका लागि आजको दिन उत्तम मानिन्छ
छहारी संवाददाता
कार्तिक १६, २०७८

आज आयुर्वेदका प्रणेता धनवन्तरिको जन्मदिन,  आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो ।

कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट भएको  धार्मिक कथन छ । आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई धनवन्तरि जयन्तीको रुपमा विशेष महत्वका साथ मनाउने गर्दछन् ।

यस्तै, आज धनतेरस पनि हाे । विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा धनधान्यले सम्पन्न हुने जनविश्वास छ ।

धनतरेसको दिन कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । यस्तै, धन्तेरसमा सुन र चाँदी किन्नु पनि शुभ मानिन्छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*