भारतलाई नेपालको छिमेकी मात्र हैन विकासको साझेदार बनाउनुपर्छः प्रमुख भुसाल

छहारी संवाददाता
कार्तिक १६, २०७८

१५ कार्तिक, हेटौंडा । नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत विच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल भएको छ ।

नेपाल भारत मानव विकास एव्म मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गर्नुभएको हो । छलफलका क्रममा प्रमुख भुसालले भारत र नेपाल विच विकासका साझा अवधारणाहरु के के हुन सक्छन् तिनको पहिचान गरि आ–आफ्नो क्षेत्रबाट तिनलाई उजागर गर्नुपर्ने बताउनुभयो । छफलका क्रममा नेपालको विकासमा भारतलाई सामान्य छिमेकी मात्र नभई साझेदार मित्रका रुपमा लिएर जानुपर्नेमा जोड दिइएको थियो ।

नेपालले भारतसँगको सम्बन्धलाई बिगतमा राजनितिक परिवर्तनको एउटा हिस्सा मानेपनि अब सामाजिक र आर्थिक परिवर्तनको हिस्सेदार मान्नुपर्नेमा भुसालले जोड दिनुभयो । उहाँले भारतले नेपालको लागी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, उर्जा, कृषी, पर्यापर्यटन, जस्ता क्षेत्रका विकासमा सहयोगी भूमिका खेल्नसक्ने भएकाले हामीले त्यसका बारेमा सोच्ने बेला आएको बताउनुभयो ।

उहाँले विगतमा जस्तै अहिलेपनि नेपाली राजनितिक दलका नेताहरु सरकार बनाउन सहयोग माग्ने, पार्टीको प्रमुख बनाईदिन आग्रह गर्न दिल्ली पुग्ने गरेको आरोप लगाउनुभयो । प्रमुख भुसालले अब भारतलाई नेपालको राजनिती भन्दा बाहिर निकालेर आर्थिक सामाजिक परिवर्तनका लागी उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यसको लागी नेपालका राजनितीक दलका नेताहरु निजि स्वार्थ त्याग्नुपर्नेमा जोड दिनुभयो ।

भारतले नेपालको विकासको लागि खर्बौ रकम सहयोग गरेपनि धेरै आयोजनाहरु नेपाली राजनीतिको कारण अलपत्र परेको उहाँको दावी छ । उहाँले नेपालको बिकासको आवस्यकतामा भारतलाई दुस्मनको दृष्टिले नभई मित्रको दृष्टिले हेनुपर्ने बताउँनुभयो ।

उहाँले नेपाल र भारत अभिन्न छिमेकी मुलक भएकाले नेपालको सत्रु भारतको मित्र र नेपालको सत्रु भारतको मित्र हुनै नसक्ने ठोकुवा गर्नुभयो । उहाँले नेपालको विकासले भारतलाई नै फाइदा पुग्ने भएकोले भारत नेपालको विकास चाहादैन भन्नु गलत हुने दावी पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*