जनताले देखेको सपना एमालेले मात्र पुरा गर्छः नेता पौडेल

छहारी संवाददाता
कार्तिक १५, २०७८

बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेंग तुलना गर्न मिल्ने अन्य कुनै पार्टी नरहेको बताउनुभएको छ ।

सोमबार हेटौंडा १५ मा प्रदेश सरकारद्वारा विनियोजित ठूलो सुकौली सडकको शिलान्यास गर्दै उहाँले जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने बताउनुभयो । एमाकेका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका सह इन्चार्ज समेत रहनुभएका नेता पौडेलले ३ महिनासम्म सरकार बनाउन नसक्ने नालायकले मुलुक बनाउने कल्पना गर्न नसकिने बताउनुभयो ।

एमाले सरकारबाट बाहिरीए पनी देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उहाँको भनाई छ । अहिले ५ पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने भन्दै उहाँले आगामी निर्वाचनमा एकल सरकार बन्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशमका पुर्व राज्यमन्त्री जुनेली श्रेष्ठले जनताको साथमा सधै एमाले रहने बताउनुभयो । उहाँले आएको बजेटलाई सदुपयोग गरेर उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभयो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, जिल्ला कमिटी सदस्य प्रकाश दाहाल, मेनुका दाहाल, साबिक चुरियामाई गाउँ बिकास समितिका अध्यक्ष इन्द्रमान स्याङ्तान, वडा सदस्यहरु पातलीमाया गोङ्वा, पर्स बहादुर भुजेललगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*