सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु, ५३३ संक्रमित थपिए

छहारी संवाददाता
१५ कार्तिक २०७८, सोमबार १७:३६

कोरोना संक्रमणबाट सोमबार थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५३३ जना संक्रमित थपिएका छन् । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो । योसंगै देशभर कुल संक्रमितको संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ ।

यस्तै सोमबार ४९० जना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ९२ हजार २७७पुगेको छ । हाल देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*