लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन सकेनन् । आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो ।
३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ । लिखित परीक्षामा नै असफल भएपछि अन्तर्वार्ताका लागि कोही पनि छनोट भएनन् र ती पद खाली नै रहन गएको छ । साभारः अनलाइन खबर ।







